साझा अक्षर

बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव हुँदै

 

बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ आयोजना गरिने भएको छ । बिर्तामोड स्थित सिटीसेन्टर उत्तर धर्मकाटा रोडमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजाइने समेत उनले बताए ।

 

नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले महोत्सवमा ७ दिन फरक फरक चलचित्रको प्रदर्शनी गरिने बताएका छन् । कोशी प्रदेशमा छायाँकन भएका तथा विभिन्न संस्कार झल्काउनु चलचित्रको प्रदर्शनी गरिने उनले बताए । साथै, सोही अवसरमा तीन दिने अभिनय कार्यशाला समेत गरिने र कार्यशालामा प्रशिक्षकका रुपमा निर्देशक सुदर्शन थापा, कलाकार मनिष राउत रहने उनले जानकारुी दिए ।

महोत्सवमा विभिन्न मनोरञ्जनका खेल, कार्यक्रम रहने आयोजकले जनाएको छ । मंसिर १ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने महोत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मतदान पछि  खुसी मुद्रामा उज्यालो नेपाल पार्टीका उमेद्वार सी. के बेघा

मतदान पछि खुसी मुद्रामा उज्यालो नेपाल पार्टीका उमेद्वार सी. के बेघा

  झापा ।। उज्यालो नेपाल पार्टी का झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सी.के. बेघा लिम्बूले आज बिहान ७ बजे ...
मतगणनाको परिणाम  एसएमएसबाट पनि थाहा पाउन सकिने

मतगणनाको परिणाम एसएमएसबाट पनि थाहा पाउन सकिने

  झापा फागुन २०।।  निर्वाचनपछिको मतगणनाको परिणाम रेडियो, टेलिभिजन वा अनलाइन सञ्चारमाध्यममात्रै नभएर एसएमएसबाट पनि थाहा पाउ...
झापा–२ मा फरक शैलीको चुनावी अभियान : सी के वेघा लिम्बूको घरदैलो कार्यक्रम

झापा–२ मा फरक शैलीको चुनावी अभियान : सी के वेघा लिम्बूको घरदैलो कार्यक्रम

  बिर्तामोड फागुन १६ !! चुनाव नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ। झापा क्षेत्र नम्बर २ पनि यसको अपवाद छै...
हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ ।

हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ ।

  तीर्थ सिग्देल झापा फागुन १५।। हरेक बिद्रोह, जन आन्दोलन र संघर्षपछि नयाँ राजनीतिक घटनाक्रम विकसित हुन्छ । प्रत्येक क्र...