साझा अक्षर

सिक्किमका दुई फाइनलिस्ट भोटको लागि अपिल गर्दै झापामा

 

बिर्तामोड भाद्र १  ।। नेपाली गायन रियालिटी शो “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सल– सिजन २” को फाइनलमा पुग्न सफल भारत सिक्किम निवासी दुई प्रतिस्पर्धीहरू यतिखेर भारत तथा नेपालका विभिन्न सहरहरूमा भोट माग्ने क्रममा रहेका छन्।

अहिलेसम्मको धेरै धनराशी पुरस्कार भएको चर्चित रियालिटी शो मेरो भ्वाइस युनिभर्सलमा भारत दार्जिलिङ निवासी दीपराज राई गायनबाट फाइनलमा प्रवेश गरेका छन् भने अमृता राई नृत्य विधाबाट फाइनलमा प्रवेश गरेकी छन्।

फाइनलमा आफ्नो प्रस्तुतिसँगै दर्शकको भोट पनि त्यतिकै आवश्यक पर्ने हुनाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरुलाई भोट गर्न अपिल गर्दै उनीहरू यतिबेला देश विदेश दौडाहामा रहेका छन्

कार्यक्रमको सिलसिलामै उनीहरू आज झापाको बिर्तामोडमा आइपुगेको र भोलि झापाका विभिन्न शहरहरूमा कार्यक्रम सहित भोट अपिल कार्यक्रम रहेको जनाएका छन् । सोही क्रममा भोलि अपरान्ध ४ बजे झापाको बिर्तामोड स्थित वन स्टप महल अगाडिको प्राङ्गणमा विशेष कार्यक्रम सहित भोट अपिल कार्यक्रम रहेको जानकारी गराएका छन्

कार्यक्रममा सिक्किमका कलाकारहरु पदम तामाङ, रक लामा, इन्स्टा मेन, सिक्किम गर्ल, दिपेश ट्वाइन्टीलगायतले भोलि दिउँसो ४ बजे आआफ्नो प्रस्तुति दिँदै भोट माग्ने कार्यक्रम तय गरिएको छ ।

विगतका दिनहरूमा पनि नेपालबाट धेरै साथ सहयोग पाएको कारण आफूहरू फाइनल चरणमा प्रवेश गरेको बताउँदै भोलि हुने पहिलो विशेष कार्यक्रममा सबैलाई उपस्थित भइदिन समेत आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

पाँचथर ।। पाँचथरको मिक्लाजुङ–६ जोगीडाँडामा “प्रथम जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। जोगीडाँड...
प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

  बिर्तामोड जेठ ४ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिका वडा नं ३ ले जितेको छ। बिर्...
सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

  पाँचथर, फाल्गुनन्द ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ पौवा सारतापमा “सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय...
प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

  झापा जेष्ठ ३ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता आजबाट झापाको बिर्तामोडमा सुरु भएको छ। बिर्तामोड नगरपालिका...