साझा अक्षर

अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीलाई लिएर जाने सहमति

झापा भाद्र २५ ।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ।

जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्।

कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी  भएको छ।

दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।

उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्।

यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

पाँचथर ।। पाँचथरको मिक्लाजुङ–६ जोगीडाँडामा “प्रथम जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। जोगीडाँड...
प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

  बिर्तामोड जेठ ४ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिका वडा नं ३ ले जितेको छ। बिर्...
सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

  पाँचथर, फाल्गुनन्द ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ पौवा सारतापमा “सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय...
प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

  झापा जेष्ठ ३ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता आजबाट झापाको बिर्तामोडमा सुरु भएको छ। बिर्तामोड नगरपालिका...