साझा अक्षर

निरन्तरको वर्षा संगै पानी बाट फैलने रोगको जोखिम उच्च हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध

झापा ।। केही दिन अगाडी बाट नियमित रुपमा पानी परेर देशका धेरै ठाउँमा बाढीपहिरो र डुबान भएका कारण पानी बाट फैलिने रोगको जोखिम उच्च हुने भएका कारण त्यसकुरामा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले अनुरोध गरिएको छ ।

विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

यस समयमा धेरै जसो बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बिरामीहरूलाई उच्च जोखिममा रहेको भन्दै हेरचाहमा थप सतर्कता अपनाउन अपिल गरिएको विभागका उप–महानिर्देशक इन्जिनियर नारायणप्रसाद आचार्यले बताए ।

उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बाढीपहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उहाँको आग्रह छ ।

मन्त्रालयले प्राकृतिक विपद्मा चर्पीमा मात्र दिसापिसाब गर्न र बालबालिकाको दिसापिसाबलाई चर्पीमा नै फाल्न आग्रह गरेको छ । यस्तै, झाडापखाला भई हालेमा तुरुन्तै पुर्नजलीय झोलसँगै प्रसस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खानसमेत डाक्टरको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

पाँचथर ।। पाँचथरको मिक्लाजुङ–६ जोगीडाँडामा “प्रथम जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। जोगीडाँड...
प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

  बिर्तामोड जेठ ४ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिका वडा नं ३ ले जितेको छ। बिर्...
सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता” हुने

  पाँचथर, फाल्गुनन्द ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–३ पौवा सारतापमा “सुखबिर नेम्बाङ स्मृति अन्तरपालिका स्तरीय...
प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

प्रथम उपमेयर कप वडास्तरीय भलिबल आजबाट सुरु वडा न.३,८,५ र ६ सेमीफाइनल प्रवेश

  झापा जेष्ठ ३ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता आजबाट झापाको बिर्तामोडमा सुरु भएको छ। बिर्तामोड नगरपालिका...