Skip to main content

साझा अक्षर

जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

पाँचथर ।। पाँचथरको मिक्लाजुङ–६ जोगीडाँडामा “प्रथम जोगीडाँडा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। जोगीडाँडा युवा खेलकुद समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिता २०८३ साल जेष्ठ १५, १६ र १७ गते मिक्लाजुङ–६ पञ्चमी आधारभूत विद्यालयको प्राङ्गण जोगीडाँडामा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ३० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट लिबेरो तथा अन्य विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क रु. ३ हजार ५ सय तोकिएको छ। टोली दर्ता जेष्ठ १२ गतेसम्म मात्र खुला रहनेछ।
प्रतियोगिता NVA को नियमअनुसार सञ्चालन गरिने उल्लेख गरिएको छ। प्रत्येक टिममा दुई जना बाहिरी खेलाडी समावेश गर्न पाइने तथा खेलाडीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम राखिएको छ।
प्रतियोगिताबारे थप जानकारीका लागि आयोजक समितिका आयुष तामाङ, बसन्त तामाङ र सञ्जय तामाङलाई सम्पर्क गर्न सकिने जनाएको छ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र स्थानीय स्तरमा भएका भलिबल खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...
स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

स्वर्गीय सुखबीर नेमाङ स्मृति कप भलिबल प्रतियोगिता २०८३ को आय–व्यय सार्वजनिक

  पाँचथर — फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लब ले आयोजना गरेको स्वर्गीय सुखबीर नेमाङ स्मृत...
बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

बिर्तामोडमा ‘स्वाद रैथाने किचेन’ खुल्यो, स्थानीय परिकारलाई प्राथमिकता

झापा, बिर्तामोड । झापाको बिर्तामोडमा नेपाली रैथाने परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्वाद रैथाने किचेन’ औपचारिक रूपमा सञ...