साझा अक्षर

इलाम नगरपालिद्वारा किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण

इलाम नगरपालिद्वारा किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण

इलाम नगरपालिद्वारा किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण

इलाम असार २१  ।। अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ। इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन प्रदान गरेको हो। कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताईन । आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा…
Read More
आमाको हत्या  आरोपमा  छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

तेह्रथुम असार २१ ।।   तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग गरेको जनाएको छ । दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
सामूहिक  कुटपिट बाट घाइते भएका   युवकको उपचारको क्रममा मृत्यु

सामूहिक कुटपिट बाट घाइते भएका   युवकको उपचारको क्रममा मृत्यु

पाँचथर असार २१॥ पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते भएका एक  युवकको ज्यान गएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने (धामी झाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरू बिच कुटाकुट हुँदा घाइते  भएका फिदिम १४ निवासी  ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो । बिहीबार साँझ साढे नौ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेश सहित २८ वर्षका पर्शुराम राई २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर वि.क.लाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटका कारण सख्त घाइते भएका राईलाई उपचारका लागि तत्काल…
Read More
शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु ,तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु ,तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

  अर्जुनधारा असार २०॥ अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् ।नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको हो । गुणस्तरीय सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति र उपकरणको जडानसँगै सेवा सुरु गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । शल्यक्रियासहितको आमा तथा नवजात सिसु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन भएको छ । नगरप्रमुख गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताए । उनले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताए । उपकरण खरिदमा यस क्षेत्रका…
Read More
एमाले सरकारबाट बाहिरिदै

एमाले सरकारबाट बाहिरिदै

    काठमाडौं असार १९।।  नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । एमालेले आजै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर…
Read More
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ

बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ

  चितवन असार १९॥ बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका–७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६…
Read More
नुनको मूल्य बढ्यो

नुनको मूल्य बढ्यो

  काठमाडौं असार १८ ॥ साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ। कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो। अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो। यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्‍याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ।
Read More
अभिभावक र विद्यार्थीेको रोजाईमा  न्यूटन एजुकेसन एकेडेमी

अभिभावक र विद्यार्थीेको रोजाईमा न्यूटन एजुकेसन एकेडेमी

    बिर्तामोड असार १८॥ झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमी अध्ययनका लागि अभिभावक र विद्यार्थीको मुख्य रोजाइमा  पर्ने गरेको छ । हरेक अभिभावकको चाहना आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हुन्छ । छोराछोरीको भविष्य सुन्दर बनाउन अभिभावक उत्कृष्ट र स्थापित विद्यालयको खोजीमा रहेका हुन्छन् । न्यूटन्स एजुकेशन एकेडेमीमा दक्ष शिक्षकबाट गुणस्तरीय माध्यमले पढाई हुने भएपछि विद्यार्थीको आकर्षण बढेको हो । बिधालयले एसईई परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । यस बर्षको एसईई परिक्षामा ९४ ।६९ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ भने गत बर्ष जिल्लामै उत्कृष्ट समेत भएको थियो । एकै छानामुनी कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने…
Read More
‘रोङ गट ट्यालेन्ट’ को फाइनल आगामी शनिबार हुने, छानिए १५ फाइनलिस्ट

‘रोङ गट ट्यालेन्ट’ को फाइनल आगामी शनिबार हुने, छानिए १५ फाइनलिस्ट

    ईलाम  असार १८।। ईलामोको रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम 'रोङ गट ट्यालेन्ट'मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच/पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन…
Read More
प्रधानमन्त्री  प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं  असार १८॥ नेपाली कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा ओलीले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर नयाँ समीकरणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’ ओलीले प्रचण्डलाई नेपाली जनताको आवश्यकता र महत्वका आधारमै नयाँ समीकरण बनेको बताउँदै यसले संविधानका नराम्रा पक्षलाई सुधारेर निर्वाचन प्रणालीलाई सापेक्ष बनाएर लैजाने बताएका थिए । जवाफमा प्रचण्डले आफूले संविधानअनुसार ३० दिनभित्रमा विश्वासको…
Read More