कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ । आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झन्डै ९ लाख मेट्रिक टन भए पनि सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ । यसपालि भाउ बढेकाले ३ लाख ५९ हजार १०० मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको पाेखरेलले बताउनुभयो । उहाँका…
सरकारले सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ ।’ प्रवक्ता पोखरेलका अनुसार सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ । मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपियाँ प्रति क्विन्टल तोकिएको हो । त्यसैगरी सरकारले नेपाल चीन जोड्ने विद्युत प्रशारण लाइन चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत…
सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्न तथा विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाद्वारा आज जनकपुरधाममा आयोजित १९औँ स्थापना दिवसका अवसरमा प्रहरी नायब महानिरीक्षक ढकालले सङ्गठनले सिमा सुरक्षा, सङ्गठित अपराध नियन्त्रण, मानव बेचबिखन तथा तस्करी रोकथामलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री, दक्ष र व्यावसायिक बनाउँदै लैजानुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । सङ्गठनभित्र अनुशासन, इमान्दारिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै जनविश्वास कायम राख्नुपर्नेमा प्रहरी नायब…
फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आजको खेलमा पहिलो खेलमा द नाईट एफसीलाई ३/१ ले पराजित गर्दै कर्मचारी एफसी सेमिफाइनलमा प्रबेश गरेको हो । कर्मचारीको लागि हितेन लिम्बुले २ गोल गरे भने एक अन्गोल उपहारस्वरूप पायो । नाईट एफसिका लागि सम्राट बर्देवाले एक गोल फर्काएका थिए । त्यस्तै दोस्रो खेलमा मेतालुङ एफसिले सिम्सारा एफसिलाई ७/१ को फराकिलो गोलले जित निकाल्दै सेमिमा पुग्ने दोस्रो टिम बन्यो । उस्का लागि सुदर्शन लिम्बूले ह्याटि्रक सहित ४ र सुबास गुरुङले पनि ह्याटि्रक…
चैत्र १८।। इलामको देउमाईमा जारी तेस्रो संस्करण अन्तरपालिका स्तरीय देउमाईका फुटबल प्रतियोगितामा जित निकाल्दै देउमाई नगरपालिका फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार मानिएको फाकफोककथुम गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै देउमाई नगरपालिका उपाधि नजिक पुगेको हो। देउमाईलाई फाइनल पुर्याउनका लागि दोस्रो हाफको पहिलो मिनेटमै उपहार गो ल प्राप्त भयो फाकफक्थुमका स्पेन लिम्बुले क्लियर गर्ने क्रममा बलले जाली चुमेसँगै देउमाई नगरपालिकाले अग्रता बनायो। त्यसपछि जर्सी नम्बर १० का मुकेश मगरले फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई जित तर्फ डोर्याए। फाकफोकथुम गाउँपालिकाले भने पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल बाटै घर…
झापा — सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शनिश्चरे फुटबल क्लबले अपाङ्ग बालसरोकार शिक्षा केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। खेलकुद गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको क्लबले हालै सम्पन्न झापा जिल्ला स्तरीय अन्डर–१८ फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट उक्त सहयोग गरेको हो। क्लबका संयोजक टेकराज तिलिङका अनुसार खेलकुद केवल प्रतिस्पर्धामा सीमित नभई समाजप्रति जिम्मेवार बन्ने माध्यम पनि भएकाले यस्तो सहयोग गरिएको हो। “क्लबले खेलाडी उत्पादनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” उनले भने शनिश्चरे–८ मा रहेको अपाङ्ग बालसरोकार शिक्षा केन्द्रका बालबालिकाहरूलाई केही महिनासम्म पुग्ने गरी चामल, तेल, चिनी, साबुन लगायतका अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरिएको क्लबका…
पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३, पौवा सारतापमा रहेको फाल्गुनन्द ग्रीन पिस क्लबको कार्य समिति बैठक सम्पन्न भएको छ। कार्यसमिति बैठकले विभिन्न निर्णयहरू समेत पारित गरेको छ। क्लबका अध्यक्ष धन प्रसाद नेम्बाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले यसपटक नियमित गतिविधिभन्दा फरक सामाजिक कार्यसम्बन्धी महत्वपूर्ण निर्णय समेत गरेको छ। बैठकले सोही वडाका अति विपन्न तथा केही महिनादेखि बिरामी रहेका बुद्ध बहादुर नेम्बाङ (लिले साइला)को आर्थिक अवस्था अत्यन्तै कमजोर भएको जानकारी पाएपछि उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको हो। क्लबको निर्णयअनुसार उहाँलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल सम्म पुर्याउन सहयोगस्वरूप नगद रु ५,००० आर्थिक सहायता प्रदान गरिएको…
झापा। सरकारले शुक्रबार(आज) देखि बजारमा आधी तौलको सिलिण्डर बजारमा ल्याउने तयारी गरेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बसेको बोर्ड बैठकले बजारमा आधी तौल (७.१ किलो) को ग्यास सिलिण्डर ल्याउने विषयमा औपचारिक रूपमा निर्णय गरेपछि शुक्रबारदेखि बजारमा आधी तौलको सिलिण्डर मात्रै बिक्री हुने भएको छ । नेपाल आयल निगमका एक अधिकारीका अनुसार आज अपराह्न बसेको बोर्डको बैठकले बजारमा आधी तौलको सिलिण्डर पठाउने निर्णय गरेको हो। निर्णयअनुसार आवश्यक जानकारी अहिले ग्यास उद्योगलाई पठाउन लागिएको छ । यसैबीच नेपाल ग्यास उद्योग संघको पनि अहिले बैठक सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाको अध्यक्षतामा बुधबार र…
झापा, बिर्तामोड। मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले ले आफ्नो जन्मदिनको अवसरमा झापाको बिर्तामोड नगरपालिका–७ स्थित नगर गौरव बस्ती मा रहेका विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण गरेकी छिन्। संस्थाले सामाजिक उत्तरदायित्व तथा शिक्षा प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना गरेको उक्त कार्यक्रममा ३० जना विपन्न बालबालिकालाई स्टेशनरी सामग्री अन्तर्गत स्कूल ब्याग वितरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने तथा उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले ब्याग वितरण गरिएको गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सह–सचिव आरजू खतिवडा तथा जिल्ला…
बिर्तामोड फागुन १३।। बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्क क्षेत्रको ५१ बिघा जग्गा सम्बन्धी देखिएको विवाद समाधानका लागि सर्वपक्षीय बैठकबाट महत्वपूर्ण निर्णय तथा प्रतिबद्धता सार्वजनिक गरिएको छ। फागुन १३ गते अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकमा सरोकारवालाहरूबीच संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्ने सहमति बनेको हो। बैठकले लामो समयदेखि रोक्का रहेको जग्गा सम्बन्धी विषयलाई कानुनी प्रक्रियाबाट टुंग्याउने, प्रभावित नागरिकहरूको माग सम्बोधन गर्ने तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बसपार्क क्षेत्र तथा ५१ बिघा क्षेत्रमा राखिएका प्रतिबन्धात्मक सामग्री हटाई लोकतान्त्रिक गतिविधि सञ्चालनमा…