कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ । आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झन्डै ९ लाख मेट्रिक टन भए पनि सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ । यसपालि भाउ बढेकाले ३ लाख ५९ हजार १०० मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको पाेखरेलले बताउनुभयो । उहाँका…
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । बुधबार सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि हावाहुरीको सम्भावना छ । महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा…
पर्यटन विभागका अनुसार वसन्तकालीन आरोहण सिजनमा आजसम्म आरोहण गाइडसहित ९०० जनाभन्दा धेरैले सफल आरोहण गरेका छन् ।गएको वैशाख ३१ गतेदेखि सुरु भएको वसन्तकालीन आरोहण मे २९ तारिख अर्थात जेठ १५ सम्म सञ्चालन हुनेछ । यस वर्ष सगरमाथा आरोहणका लागि ४ सय ९५ जनाले अनुमती लिएका छन् । उनीहरुबाट झण्डै एक अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ । आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको सङ्ख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको सङ्ख्या १००० जना नाघ्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ ।
विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो । संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँकाे भनाइ छ । सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए । प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिसँग आज काठमाण्डाैमा छलफल उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो । सभापति लामिछानेले भन्नुभयो, ‘निजी क्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।’ उहाँले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर…
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यही वैशाख १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाइएको हो । महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध हिजाे छुट्टाछुट्टै तीन रिट निवेदन दायर भएका थिए । महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै शिवराज बराल, माधव बस्नेत, दीपकराज जोशीलगायत अधिवक्ताले रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा महान्यायाधिवक्ता जस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको उल्लेख…
शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १०८ वटा कम्पनीको शेयर बढेकोमा १५० वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्ट, रिज लाइन इनर्जीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन एशियन हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे ४ प्रतिशतले घटेको छ…
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति निकालेर मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक/स्वास्थ्यकर्मी/नर्सिङ स्टाफलगायत कर्मचारीका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानूनले तोकेकोभन्दा धेरै समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासा प्राप्त भएको र यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले श्रम ऐनबमोजिम कामदार राख्न सबैमा अनुरोध गरेको छ । श्रम ऐन २०७४ को दफा २ (ढ) मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ । कानूनबमोजिम प्रतिदिन…
आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका साथ सो कार्यक्रम शुभारम्भ गरिएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशले यहाँको मौलिक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै पहिलो पटक मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई वार्षिक दुई लाख रुपैयाँका…
सुरक्षण मुद्रण केन्द्रले गाडी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाकाअनुसार अहिले दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । अहिलेसम्म छपाइ हुन बाँकी रहेका झन्डै २९ लाख ‘लाइसेन्स’ लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । यसमध्ये आउँदो वैशाख १२ गतेभित्र १२ लाख ‘लाइसेन्स’ छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । यसैबीच सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ । यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज रूपमा जानकारी लिन…