साझा अक्षर

बिर्तामोडमा मध्यरातमा ग्याङफाइट तीन जना घाइते

बिर्तामोडमा मध्यरातमा ग्याङफाइट तीन जना घाइते

बिर्तामोडमा मध्यरातमा ग्याङफाइट तीन जना घाइते

  झापा फागुन २७   ।।  झापाको बिर्तामोडमा गए राति दुई समूह वीच तरबारसहित ग्याङफाइट हुँदा तीनजना घाइते भएका छन् । राति १२:४५ बजे बिर्तामोड नगरपालिका वडा न.४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई-पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो । ग्याङफाइटमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङ्दम्बे, वडा नं ४ बस्ने अजय खवास र वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदिप राजवंशी घाइते भएका छन् । आङ्दम्बेको गालाको बायाँ साइडमा काटिएको (अबस्था गम्भीर), खवासको बायाँ हातको माझी औला काटेको (अबस्था सामान्य) र राजवंशीको अनुहार र खुट्टामा चोट…
Read More
विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति, दोस्रो चरणको आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति, दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं।। नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासङ्घ द्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताएका छन् । महासङ्घले गत फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ । महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर…
Read More
मेचीनगर गोल्डकप: झापा एफसीलाई पराजित गर्दै चर्च व्वाइज सेमिफाइनल प्रवेश

मेचीनगर गोल्डकप: झापा एफसीलाई पराजित गर्दै चर्च व्वाइज सेमिफाइनल प्रवेश

  काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले…
Read More
आजको युग प्रविधिमा अगाडी लम्कदै, चिनले समेत सामाजिक सहायतामा एआई प्रयोग गर्ने.

आजको युग प्रविधिमा अगाडी लम्कदै, चिनले समेत सामाजिक सहायतामा एआई प्रयोग गर्ने.

कम्प्युटर विज्ञान अन्तर्गत पर्ने एक क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको मानिसको दिमागले जस्तै सोच्न सक्ने गरी तिब्र गतिमा बिकास हुदै गएको छ।अझ सजिलो संग बुझ्न यसको काम गर्ने तरिका बुझ्न जरूरी हुन्छ । यो सिस्टम आफैं चल्दैन, यसमा डेटा अर्थात् सूचना तथा तथ्याङ्क हाल्नुपर्छ, जसको एक खालको तथ्याङ्कको स्रोत हुन्छ । अनि एआई सिस्टमले त्यसलाई प्रशोधन गर्छ । सुरुमा तालिम दिएको तरिकाबाट मोडेल बनाउँछ र डेटाको हिसाबले परिणाम दिन्छ, अन्तरक्रिया गर्छ वा मानव दिमागको नक्कल गर्छ । यसमा काम गर्नको लागि मुख्य चार प्रक्रियाको आवश्यकता पर्छ, मसिन लर्निङ, न्युरल नेटवर्क, डेटा तथा डेटा प्रोसेसिङ र एल्गोरिदम । यसको प्रयोग मानिसले…
Read More
पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आज काठमाडौँमा प्रदर्शन हुँदै

पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आज काठमाडौँमा प्रदर्शन हुँदै

  झापा फागुन २५ ।। पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आज काठमाडौँमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन को तयारी गरेका हुन् । पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ । सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२-१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले भने, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ।’ राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल…
Read More
काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने….

काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने….

काठमाण्डाै। । आगामी सोमबार र मङ्गलवार काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित २ दिन काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताएका छन् ।उनले सीपको अभावमा कतिपय बेरोजगार हुनुपरेको र आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउदै वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै भएको र नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ…
Read More
महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

  इलाम  ।। दोस्रो अन्तरास्ट्रिय आमन्त्रित महिला गोल्डकप २०८१ अन्तर्गत उपाधी रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल एपीएफ शनिबार इलामको ठूलो टँडिखेलमा आमनेसामने हुदैँछन । आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोलि भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने एपीएफले पहिलो खेलमा पाहुना टोलि भारतको मध्य प्रदेशको चर्चित मदर टेरेसा फुटबल क्लबलाई फराकिलो गोलअन्तर र सेमिफाइनलमा विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि आर्मी सँगको भेट पक्का गरेको हो । महिला फुटबलमा विभागीय टोलि एपीएफ पावर हाउसको रुपमा चिनिन्छ । प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम एपीएफ…
Read More
चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको आउँदो चैत १९ गते देखि रातको समयमा पनि खुल्ला हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो । विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन्। त्यसो त धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु…
Read More
टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ। बा २ क ६५८० नम्बरको  टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।…
Read More
फुटबलर एन्जिलाको जीवनमा आधारित नेपाली फिल्म ‘अन्जिला’ फागुन २९ देखि प्रदर्शन हुने

फुटबलर एन्जिलाको जीवनमा आधारित नेपाली फिल्म ‘अन्जिला’ फागुन २९ देखि प्रदर्शन हुने

बिर्तामोड । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित चलचित्र अञ्जिला यही फागुन २९ देखि प्रदर्शनमा आउने भएको छ। आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत फिल्मका निर्माता तथा निर्देशकले  अन्जिला फिल्म प्रदर्शनको बारेमा जानकारी दिएका हुन् फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथा चलचित्रमा समेटीएको छ । तुम्बापोको बायोपिकको रुपमा निर्माण गरिएको चलचित्रमा स्वयम अञ्जिलानै मुख्य भुमिकामा देखिएकी छिन् । फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी तथा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका माता पिताको भूमिकामा रहेका छन् । चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से…
Read More