साझा अक्षर

Day: २०८१ चैत्र १७, सोमबार

ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

इलाम। । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज साँझ मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका १ रक्से नजिकै मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरोमा सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेहरूमा ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ), ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ) त्यसैगरी फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया…
Read More
रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

झापा। अग्रसेन भवन बिर्तामोडले रजत महोत्सवका अवसरमा ९ औं दिवसीय दिव्य श्री राम कथाको आयोजना गरेको छ ।आगामी चैत २२ गतेदेखि २९ गतेसम्म राम कथाको आयोजना गरेको हो । आध्यात्मिक तथा सेवा भावले अग्रसेन भवनले रजत महोत्सवका अवसमा राम कथा सहित नवनिर्मत अग्रसेन भवनको माथिल्लो तला उद्घाटनसंगै रक्तदान, कृत्रिम खुट्टा बितरण र योग सिशिरको आयोजना गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हरिद्वारा भारतका प्रशिद्ध कथा बाचक नवराज प्रपन्नजी महाराजले राम कथा वाचन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही अवसरमा २६ जनालाई कृत्रिम खुट्टा बितरण, औषधि रहित जीवन जीउनका लागि सहयोग पु¥याउन सात दिवसीय योग…
Read More
मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

  झापा चैत्र १८ ।। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज इद उल फित्र अर्थात इद मनाउँदै छन् । हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । इद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ । रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् । यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ…
Read More