साझा अक्षर

Day: २०८२ बैशाख २, मंगलवार

बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रकाश बानियाँ झापा। । बानिया बन्धु समाज, झापाले एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।समाजले नयाँ वर्ष २०८२ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो। सोही अवसरमा बानियाँ समाजको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड राख्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ। कार्यक्रमसँगै आयोजित बैठकमा समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विषयमा त्यसैगरी आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा लगायतका विविध विषयमा छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताएका छन्। कार्यक्रम अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी…
Read More
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

झापा। नयाँ वर्षमा इलाम घुम्न गएका बिर्तामोडका युवकको मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः१० बजे इलाम माई नगरपालिका –४ सुखानीस्थित बिर्तामोड–दानाबारी भित्री सडकखण्डमा दानाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नं. को मोटरसाइकलले अर्जुनधारा– ६ बस्ने रोम पाठकका छोरा २ वर्षीय ओस्कर पाठकलाई ठक्कर दिई घाइते बनाएको थियो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचारको गराइरहेकोमा दिउँसो ४ः४५ बजे उपचारका क्रममा मृत्य भएको हो । दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड– ४ बस्ने ३३ वर्षीय नकुल राजवंशीलाई प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको छ ।
Read More