बिर्तामोड वैशाख ११ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा विजयी हुँदै खुदुनाबारी युथ क्लब सेमिफाईनलमा प्रवेस गरेको छ । आज बिहिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धी बुट्टाबारी युनाइटेड क्लबलाई सट अन् डेथमा पराजित गर्दै खुदनाबारी युथ क्लव सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा बुट्टाबारी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो। बुट्टाबारी युनाइटेडका क्याप्टेन प्रवीन राईलाई खुदुनाबारी युथ क्लबका खेलाडीले डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बुट्टाबारी युनाइटेडले खेलमा अग्रता बनाएयो उसका लागि आयुष लिम्बुले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुट्टाबारी…