ईलाम।। इलाम माई नगरपालिका वडा नम्बर-४ सिंजालीटारमा ज्वाईं द्वारा जेठीसासुको धारिलो हतियार (खुकुरी)प्रहार गरि हत्या भएको छ। शुक्रबार साँझ ७ वजेका समयमा छिमेकीकोमा दुध लिन जादै गरिकी ५२ बर्षिया भुमिका चापागाईलाई माई-४ शुक्रबारे घर भई सिंजाली- कार्कीटार आसपास बस्दै आएका वहिनी ज्वाई शान्तिराम दुलालले धारिलो हतियार (खुकुरी) प्रहार गरि शुक्रबार साँझ हत्या गरेका हुन। कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईलाई उपचारका लागि वि एण्ड सी अस्पताल विर्तामोड पुर्याएको भएपनि रातको १०:२५ वजे मृत्यु भएको वि एण्ड सी अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिएका छन्। दुलालसंग उनकी श्रीमती गिता चापागाईको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना…