साझा अक्षर

Day: २०८२ असार १, आईतवार

कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

  बिर्तामोड असार १ ।। राउन्ड टेबल नेपालद्वारा आयोजित कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेस्ट बैंक बिर्तामोडले जितेको छ। अर्जुनधारा ६ गामस्ता फुट्सल मैदानमा सम्पन्न फाइनल खेलमा उपाधि दाबेदार मानिएको बिर्ता सिटी हस्पिटललाई ४-० गोल अन्तरले पराजित गर्दै  एभरेस्ट बैंक बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै एभरेस्ट बैंक बिर्तामोडले नगद रु. ३५ हजार बराबरको नगद  ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बिर्ता सिटी हस्पिटलले भने दोस्रो स्थान प्राप्त गर्दै आकर्षक ट्रफीमा चित्त बुझाएको छ।   प्रतियोगितामा बिएनसी हस्पिटल, कन्काई हस्पिटल लक्ष्मी सनराइज बैंक, एलएनजी इन्सुरेन्स सिद्धार्थ बैंक, हिमालय इन्सुरेन्स, मेची आई हस्पिटल, अजोड इन्सुरेन्स, बिर्ता…
Read More
निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

  पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो। मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी,  राजा चौधरी,  राकेश चौधरी, रहेका छन् शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो। हाल मृतक तीनै जनाको शव…
Read More