साझा अक्षर

Day: २०८२ श्रावण १९, आईतवार

टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

झापा, साउन १८।। झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपाल, झापा जिल्ला कार्य समिति गठन गरिएको छ। कनकाई नगरपालिका–४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रममा झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथ्यतामा…
Read More
कालिञ्चोक मेनपावरको शाखा कार्यालय अब बिर्तामोडमा

कालिञ्चोक मेनपावरको शाखा कार्यालय अब बिर्तामोडमा

  बिर्तामोड साउन १८।। काठमाडौँमा रहेर वैदेशिक रोजगारीको लागि भरपर्दो र विश्वासिलो काम गर्दै आएको कालिञ्चोक मेनपावरको शाखा कार्यालय झापाको बिर्तामोडबाट सञ्चालनमा आएको छ। बिर्तामोड नगरपालिका वडा नं १ पश्चिम बस स्टेन नजिकै राजगढ बस स्टेनमा कार्यालय रहेर  कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो । आज आइतबार विधिवत रूपमा मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक निर्देशक स्वेच्छिक कार्कीले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवाल, महासचिव नीरकुमार खत्री, सचिव राजेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए । काठमाडौँ तथा झापामा रहेर लामो समय वैदेशिक रोजगार व्यवसायको अनुभव बटुलेका…
Read More
झापामा जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न

झापामा जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न

  झापा साउन १८ ।। ‘भाषा, कला र संस्कृतिको ज्ञान, नेवाः जातिको साझा पहिचान’ भन्ने मुख्यः श्लोग्नसहित मेचीनगर—६ काँकरभिट्टा झापामा  दोस्रो जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न भएको छ नेवाः खल पुच झापाले आयोजना गरेको उक्र कार्यक्रमको सह—आयोजक तथा व्यवस्थापन नेवाः समाज समिति मेचीनगर –६ काँकरभिट्टाले गरेको थियो कार्यक्रम नेवा समाज समिति मेचीनगर –६ काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुको अध्यक्षता तथा नेवाः जागरण मञ्च संस्थापक सदस्य, पूर्व महासचिव नेवाः फिल्म एसोसिएसन अध्यक्ष तथा नेवाः सम्पदा संस्कृतिकर्मी रत्न महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सवै जातजातिका चाडपर्वहरूको अभिलेख राख्नुपर्ने र…
Read More