साझा अक्षर

Day: २०८२ कार्तिक ११, सोमबार

सामुदायिक परोपकार गोल्डकप: उपाधिका लागि टप सेभेन र रेड डेभील्स ए भिड्दै

सामुदायिक परोपकार गोल्डकप: उपाधिका लागि टप सेभेन र रेड डेभील्स ए भिड्दै

  इलाम कार्तिक १० रेड डेभिल्स ए नयाँ बजार र टप सेभेन एफसी प्याङ ईलामको माई जोगमाई ५ सोयाङ लोकसाङमा जारी तेस्रो श्री परोपकार सामुदायिक गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि भीड्ने भएका छन् आज भएको पहिलो सेमिफाइनल खेलमा रेड डेभिल्स ए ले लोक्साङ एफसी लाई दुई एक गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।   रेड डेभिल्स ए का लागि शेखर राईले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। पहिलो हा फ १-०को अवस्थामा सकिएको थियो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै लोक्साम एफसीले बराबरी गोल फर्कायो उसका लागि जर्सी नम्बर ८ का मुकेश मगरले बराबरी गोल गरेका थिए। तर उक्त…
Read More
झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक उद्घाटन खेलमा नेपाल पुलिस र चर्च बोइज युनाइटेड भिड्ने।

झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक उद्घाटन खेलमा नेपाल पुलिस र चर्च बोइज युनाइटेड भिड्ने।

  बिर्तामोड, कात्तिक १० । एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही कात्तिक १५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।   त्यस्तै, दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ । झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १७ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।…
Read More
सामुदायिक परोपकार गोल्डकप सेमिफाइनल समीकरण पूरा

सामुदायिक परोपकार गोल्डकप सेमिफाइनल समीकरण पूरा

  इलाम कार्तिक १०  इलामको माई जोगमाई ५ सोयाङ लोकसाङमा जारी तेस्रो श्री परोपकार सामुदायिक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो भएका दुई क्वाटर फाइनलबाट रेड डेभिल्स ए र टप सेभेन एफसी अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल सेमीकरण पूरा भएको हो। त्यसअघि शनिबार भएको दुई क्वाटर फाइनलबाट रेड डेभील्स बी र लोक्साङ फुटबल क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्। शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा रेड डेभिल्स बि ले पूर्व क्षितिज एलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। सोही दिन भएको दोस्रो क्वार्टर फाइनल खेलमा लोक्साङ  एफसीले युवाशक्ति एफसीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय…
Read More