साझा अक्षर

Day: २०८२ कार्तिक १२, मंगलवार

सामुदायिक परोपकार गोल्डकपको उपाधि रेड डेभिल्सले जित्यो

सामुदायिक परोपकार गोल्डकपको उपाधि रेड डेभिल्सले जित्यो

  इलाम कार्तिक ११ ।। श्री सामुदायिक परोपकार गोल्डकप तेस्रो संस्करणको उपाधि रेड डेभिल्स नयाँबजार इलामले जितेको छ। माइजोगमाई गाउँपालिका वडा नं ५ स्थित श्री सिरिसे माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा चिर परिचित प्रतिद्वन्दी टप सेभेन एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै रेड डेभिल्स नयाँ बजारले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै रेड डेभील्स नयाँ बजारले नगद ७१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता टप सेभेन एफसीले नगद ५१ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ रेड डेभिल्सलाई उपाधि दिलाउन शेखर राईले दुई गोल गरे भने जीवन राई, सचिन यल्मो,र ले  एक  एक गोल गरे विजेता…
Read More
माईधारमा बस दुर्घटना १९ जना घाइते।

माईधारमा बस दुर्घटना १९ जना घाइते।

  बिर्तामोड कार्तिक ११ ।। झापाको शिवसताक्षीस्थित माईधारमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन । बस आज बिहान ४ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रामेछापको मन्थलीबाट काँकरभिट्टातर्फ आउँदै गरेको बस पूर्व–पश्चिम सडक खण्डको माईधार चोक नजिकै बाटोबाट  तल झरेको थियो । प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भएर सडकबाट तल बायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा रहेका २५ जनामध्ये १९ जना घाइते भएका हुन् । छजना आआफ्नो स्थानतर्फ गएका छन् । दुर्घटनामा बस चालक मेचीनगर-६ का ३९ वर्षीय राजु भुजेल, मन्थली-१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा-३ की १७…
Read More