साझा अक्षर

Day: २०८२ कार्तिक २१, बिहीबार

बराहक्षेत्र कार्तिके पूर्णिमा मेला फुटबल , सेमिफाइनल समीकरण पुरा

बराहक्षेत्र कार्तिके पूर्णिमा मेला फुटबल , सेमिफाइनल समीकरण पुरा

  इम्बुङ कार्तिक २०।।  ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष  फुटबल प्रतियोगीता अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा जित निकाल्दै सृजनशील युथ क्लब माङजाबुङ अन्तिम चारमा प्रवेश गरेको छ।यो सँगै सेमीफाइनल समीकरण पूरा भएको छ। हिजो भएको खेलमा जित निकाल्दै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब राके एफसी र तिजोग युवा क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्। फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित सत्यहाङमा उच्च माविको इनम खेलमैदानमा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा उपाधि दाबेदार मानिएको अर्को टोली फुङ्बारी नामतोक  युथ क्लबलाई ३-०गोलअन्तरले पराजित गर्दै  सृजनशील अन्तिम चारमा प्रवेश गरेको हो । सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक…
Read More
बारहक्षेत्र कार्तिके पूर्णिमा मेला महिला फुटबलमा आयोजक विजयी सारताप बाहिरियो।

बारहक्षेत्र कार्तिके पूर्णिमा मेला महिला फुटबलमा आयोजक विजयी सारताप बाहिरियो।

  इम्बुङ कार्तिक २०।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फको पहिलो खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब फाइनल प्रवेश गरेको छ। फाल्गुनन्द २ इम्बुङ स्थित सत्यहाङमा माविको इनम खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा चिर  पारिचित प्रतिद्वन्दी ग्रीन पिस क्लब पौवासारतापलाई ट्राइबेकरमा पाँच तीन गोल अन्तरले पराजित गर्दै पराजित गर्दै आयोजक टु स्टार  फाइनल प्रवेश गरेको हो।   खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै तर्फबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन त्यसपछि खेलको निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। खेलको पहिलो हाफमा आयोजक टु स्टारले केही अवसर भने…
Read More