धुसेनी मंसिर १४ ।। आठौं धुसेनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। देउमाई नगरपालिका वडा नं ५ धुसेनी स्थित बरभन्ज्याङ खेलमैदानमा आज भएको उद्घाटन खेलमा विजयी हुँदै आयोजक र चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा एनआरटी शान्तिडाँडालाई दुई एक गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। खेलमा अग्रता एनआरटी शान्तिडाँडाले लिए पनि लगातार दबाबमा राख्दै उत्कृष्ट पुनरागमन जित निकाल्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। त्यस्तै आज भएको दोस्रो खेलमा एकतर्फी रुपमा जित निकाल्दै चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेको छ। उसले अर्को दावेदार मानिएको माई नगरपालिकाको दानाबारी एफसीलाई ८-२…