माई इलाम मंसिर २२।। इलामको माई नगरपालिका ४ शुक्रबारे खेलमैदानमा जारी दोस्रो गरुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै सचेत युवा सोसाइटी अर्जुनधारा र सनिश्चरे एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन् प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको पहिलो खेलमा सुब्बाचोक बिर्तामोडलाई दुई एक गोल अन्तरले पराजित गर्दै सचेत युवा सोसाइटी अर्जुनधारा अघिल्लो चरणमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा सचेत युवा सोसाइटीले सुब्बा चोकलाई दबाबमा राख्दै २–० को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको सुब्बाचोकले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन र प्रतियोगिताबाट बाहिरियो। त्यस्तै आज भएको दोस्रो…