माई इलाम मंसिर २३ ।। इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा जारी दोस्रो गरुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै लक्ष्मीपुर एफसी इलाम र आदर्श युथ क्लब बुद्धशन्ति अघिल्लो चरणमा प्रवेश गरेका छन् आजको पहिलो खेलमा डीएफसी अर्जुनधारा झापालाई ३-० गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर एफसी इलाम अघिल्लो चरणमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै बल पोजिसनमा राम्रो पकड बनाएको लक्ष्मीपुरले बारम्बार अर्जुनधारालाई दबाबमा राख्दै गोल गर्यो अर्जुनधाराले भने पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ त्यस्तै आज भएको दोस्रो खेलमा साँखुरो जित निकाल्दै आदर्श युवा क्लब बुधबारेले अघिल्लो चरणको यात्रा तय गरेको…