माई इलाम मंसिर २४ ।। दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै लक्ष्मी युथ क्लब महमाई र हेप्पी ड्रिम्स चेम्टी क्वाटर फाइनलमा प्रवेश गरेका छन्। इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा सृजनशील झापालाई २-० गोल अन्तरले पराजित गर्दै लक्ष्मी युथ क्लब इलाम अघिल्लो चरणमा प्रवेश गरेको छ। लक्ष्मी युथ क्लबका लागि सिमोन राई र सन्देश लिम्बुले एक एक गोल गरे।ईन खेलको सुरुवातदेखि नै बल पोजिसनमा राम्रो पकड बनाएको लक्ष्मी युथ क्लबले बारम्बार सृजनशीललाई दबाबमा राख्दै गोल गर्यो सृजनशीलले भने पाएका अवसरहरुलाई सदुपयोग गर्न थिएन उसका दुई प्रहारहरू क्रसफारमा लाग्दै बाहिरिएका थिए। हारसँगै सृजनशील…
देउमाई मङ्सिर २४।। तेस्रो तरुण गोल्डकप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। इलामको देउमाई नगरपालिका वडा नम्बर ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको देउमाई नगरपालिका तरुण दल सभापति विमल काजी खम्बुले जानकारी दिनुभयो तरुण दल देउमाई नगर कमिटीद्वारा आयोजित प्रतियोगिता आगामी पुस ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनीविरुद्धको बोल’ नारासहित फुटबल खेलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि र युवालाई खेलकुदमा प्रेरित गराई लागु औषध जस्ता कुलतबाट टाढा राख्ने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर समितिले प्रतियोगिता आयोजना गरिरहेको अध्यक्ष खम्बुले जानकारी…