माई मंसिर २५।। दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वार्टर फाइनल खेलमा जित निकाल्दै आयोजक नमुना युथ क्लब र सनिश्चरे एफसी अर्जुनधारा सेमिफाइनलमा प्रवेश गरेका छन्। इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा सचेत युवा समूह खुल्लाबारी झापालाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक नमुना युवा क्लब अन्तिम ४ मा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा सचेत युवा समूहले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै आज भएको दोस्रो खेलमा आदर्श मैदान बिर्तामोडलाई २–० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी अर्जुनधारा अन्तिम चारमा प्रवेश गरेको छ। शनिश्चरेका लागि…