सुदिप राई काठमाडौं । नेपाल नेसन्स अवार्ड २०२५ को पहिलो संस्करण यही पुस १५ गते काठमाडौंको माछापोखरी स्थित अनुपम पार्टी भेन्यु बसन्तनगरमा भव्य रूपमा सम्पन्न भएको छ। मनखुसी फाउन्डेसन बागमती प्रदेश र करण दृष्टि फाउन्डेसनको संयुक्त आयोजना तथा विभिन्न सरकारी निकायहरूको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा एभेन्टोज डटकमले भोटिङ पार्टनरको भूमिका निर्वाह गरेको थियो। विशेष समन्वयको जिम्मेवारी मनखुसी फाउन्डेसन केन्द्रीय कार्यालयले सम्हालेको आयोजकले जानकारी दिएका छन्। कार्यक्रम अन्तर्गत नेपाली चलचित्र गायन तर्फ उत्कृष्ट पुरुष गायक अवार्ड बाट गायक रघुन गुरुङ सम्मानित हुनुभएको छ। उहाँले नेपाली चलचित्रको चर्चित गीत “काली काली प्यारी दिलवाली” मार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल हुनुभएको…