बिर्तामोड पौष २६ ।। झापा जिल्ला पालिका स्तरीय अन्डर १८ फुटबल प्रतियोगिता २०८२ को खेल तालिक सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेल बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ। शनिश्चरे फुटबल क्लब अर्जुनधारा झापाको आयोजनामा यही माघ ११ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका अनिश्चरे सात स्थित खेलमैदानमा पत्रकार सम्मेलन मार्फत आयोजक शनिश्चरे फुटबल क्लबले सार्वजनिक गरेको हो। प्रतियोगितामा झापाका नौ वटा स्थानीय तहहरूको सहभागिता रहनेछ। झापामा १५ वटा स्थानीय तह रहेपनि अन्य छ स्थानीय तहले भने विविध कारण देखाउँदै प्रतियोगितामा सहभागिता हुन नसक्ने बताएको आयोजक समितिका अध्यक्ष टेकराज तिलिङले जानकारी दिनुभयो प्रतियोगितामा बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका,…