झापा, माघ ५ । झापाको बिर्तामोड नगरपालिकामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मिति २०८२ साल माघ ३ गते राति करिब १०ः५० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित अदुवाखोला पुल छेउको पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। लक्ष्मीपुरबाट मुक्तिचोकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नम्बर ३ निवासी २४ वर्षीय निरज कार्की र मोटरसाइकलको पछाडि सवार दमक निवासी (वडा नखुलेको) २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका…