बिर्तामोड माघ २४ ।। स्व हरिकुमार प्रसाई स्मृति तेस्रो झापा जिल्ला अन्तर स्कुल अन्डर १३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै इस्ट होराइजन इङ्लिस स्कुल मेचीनगर ब्रीलियन्ट पिपुल्स अर्जुनधारा कञ्चन इङ्लिस स्कुल बिर्तामोड र बालबाटिका स्कुल मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेका छन् बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा सुनगाभा इङ्लिस स्कुल बिर्तामोडलाई ३-१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन इस्ट होराइजन मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो खेलमा होलीबेल स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै ब्रिलियन्ट पिपुल्स स्कुल अर्जुनधारा विजयी भयो। त्यस्तै आज नै भएको तेस्रो खेलमा…
बिर्तामोड, माघ २४ । आजबाट झापा गोल्डकप सुरु भएको छ। उद्घाटन खेलमा झापा ११ विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका…