झापा फागुन २०।। निर्वाचनपछिको मतगणनाको परिणाम रेडियो, टेलिभिजन वा अनलाइन सञ्चारमाध्यममात्रै नभएर एसएमएसबाट पनि थाहा पाउन सकिने भएको छ। डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले सर्वसाधारणका लागि मोबाइल एसएमएसमार्फत मतगणनाको 'लाइभ अपडेट' प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कसरी लिने जानकारी ? यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको 'मेसेज बक्स'मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ । १. मेसेज बक्समा EC <स्पेस> आफ्नो जिल्ला/क्षेत्रको नाम…