साझा अक्षर

Day: २०८२ चैत्र १५, आईतवार

देउमाई कप फुटबल, माइजोगमाइलाई हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश

देउमाई कप फुटबल, माइजोगमाइलाई हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश

  देउमाई इलाम ।। पालिका स्तरीय तेस्रो देउमाई कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै चुलाचुली गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ। प्रतिस्पर्धी माइजोगमाई गाउँपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै चुलाचुली अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो। खेलमा सुरुवाती अग्रता भने माइजोगमाई गाउँपालिकाले गरेको हो। माइजोगमै गाउँपालिकाका लागि जर्सी नम्बर १४ का सर्जन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरै समय टिक्न सकेन । माइजोगमाईलाई लगातार दबाबमा राख्दै जर्सी नम्बर ७ का विकास लिम्बुले गोल गर्दै चुलाचुलीलाई खेलमा फर्काएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन पहिलो हाफ एकएकको बराबरीमा सकियो। दोस्रो हाफमा…
Read More
शनिश्चरे फुटबल क्लबद्वारा अपाङ्ग बालसरोकार केन्द्रलाई खाद्यान्न सहयोग

शनिश्चरे फुटबल क्लबद्वारा अपाङ्ग बालसरोकार केन्द्रलाई खाद्यान्न सहयोग

  झापा — सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शनिश्चरे फुटबल क्लबले अपाङ्ग बालसरोकार शिक्षा केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। खेलकुद गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको क्लबले हालै सम्पन्न झापा जिल्ला स्तरीय अन्डर–१८ फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट उक्त सहयोग गरेको हो। क्लबका संयोजक टेकराज तिलिङका अनुसार खेलकुद केवल प्रतिस्पर्धामा सीमित नभई समाजप्रति जिम्मेवार बन्ने माध्यम पनि भएकाले यस्तो सहयोग गरिएको हो। “क्लबले खेलाडी उत्पादनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” उनले भने शनिश्चरे–८ मा रहेको अपाङ्ग बालसरोकार शिक्षा केन्द्रका बालबालिकाहरूलाई केही महिनासम्म पुग्ने गरी चामल, तेल, चिनी, साबुन लगायतका अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरिएको क्लबका…
Read More
पालिका स्तरीय देउमाईकप सुरु, उद्घाटन खेलमा देउमाई नगरपालिका विजयी

पालिका स्तरीय देउमाईकप सुरु, उद्घाटन खेलमा देउमाई नगरपालिका विजयी

  देउमाई इलाम ।।   देउमाई स्पोर्टिङ क्लब को आयोजनामा पालिका स्तरीय प्रतिष्ठित देउमाई कप फुटबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। स्थानीय स्तरमा फुटबलको विकास, प्रतिभा पहिचान तथा खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले सुरुवातदेखि नै रोमाञ्चक प्रतिस्पर्धा देखाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेका थिए। पहिलो हाफमै सन्दकपुर गाउँपालिकाले अग्रता लियो। टोलीका कप्तान विनोद धमला ले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै जाली चुमेपछि सन्दकपुर खेलमा १–० ले अघि बढेको थियो। उक्त गोलपछि सन्दकपुरले केही समय खेलमा नियन्त्रण जमाए पनि देउमाईले…
Read More