याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन तिजोक स्पोर्टिङ क्लब नवमीडाँडा पाँचथरलाई ६-० गोल अन्तरले पराजित गर्दै सैनिक ११ झापा सेमिफाइनल प्रवेश गरेको हो। सैनिकलाई जित दिलाउनका लागि घनश्याम कार्कीले ह्याट्रिक सहित चार गोल गर्दा सिमोन लिम्बु र सुजन लिम्बुले एक एक गोल गरे। उता पराजित तिजोग स्पोर्टिङ क्लब पाँचथरले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन चौथो संस्करणमा भने पहिलो खेलबाटै घर फर्किएको छ l फिदिम नगरपालिका १० याङनाम स्थित इमानसिंह रङ्गशालामा आजबाट…
फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आजको खेलमा पहिलो खेलमा द नाईट एफसीलाई ३/१ ले पराजित गर्दै कर्मचारी एफसी सेमिफाइनलमा प्रबेश गरेको हो । कर्मचारीको लागि हितेन लिम्बुले २ गोल गरे भने एक अन्गोल उपहारस्वरूप पायो । नाईट एफसिका लागि सम्राट बर्देवाले एक गोल फर्काएका थिए । त्यस्तै दोस्रो खेलमा मेतालुङ एफसिले सिम्सारा एफसिलाई ७/१ को फराकिलो गोलले जित निकाल्दै सेमिमा पुग्ने दोस्रो टिम बन्यो । उस्का लागि सुदर्शन लिम्बूले ह्याटि्रक सहित ४ र सुबास गुरुङले पनि ह्याटि्रक…
आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका साथ सो कार्यक्रम शुभारम्भ गरिएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशले यहाँको मौलिक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै पहिलो पटक मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई वार्षिक दुई लाख रुपैयाँका…
झापा, चैत २८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक गरेको छ ।जिल्लास्तरीय बैठकपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयहरू कार्यान्वयनमा जोड दिँदै प्याब्सनले विद्यालयहरूलाई समयमै तयारीमा जुट्न आह्वान गरेको हो । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै वार्षिक कार्ययोजना, विद्यालय सुधार योजना निर्माण, शिक्षक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सबै सदस्य विद्यालयलाई आग्रह गरेको छ । भर्ना प्रक्रिया समयमै सम्पन्न गरी पठनपाठनलाई नियमित बनाउनु अहिलेको प्राथमिकता रहेको प्याब्सन झापाका अध्यक्ष कार्कीले भने ।बैठकले विद्यालयहरूले निर्धारित समयभित्रै नतिजा प्रकाशन…