महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यही वैशाख १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाइएको हो । महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध हिजाे छुट्टाछुट्टै तीन रिट निवेदन दायर भएका थिए । महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै शिवराज बराल, माधव बस्नेत, दीपकराज जोशीलगायत अधिवक्ताले रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा महान्यायाधिवक्ता जस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको उल्लेख…
सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्न तथा विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाद्वारा आज जनकपुरधाममा आयोजित १९औँ स्थापना दिवसका अवसरमा प्रहरी नायब महानिरीक्षक ढकालले सङ्गठनले सिमा सुरक्षा, सङ्गठित अपराध नियन्त्रण, मानव बेचबिखन तथा तस्करी रोकथामलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री, दक्ष र व्यावसायिक बनाउँदै लैजानुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । सङ्गठनभित्र अनुशासन, इमान्दारिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै जनविश्वास कायम राख्नुपर्नेमा प्रहरी नायब…