झापा, मेचीनगर | झापाको मेचीनगरमा जारी “धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगितामा भद्रपुर ब्लेजर्स जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन स्थित कालिका खेलमैदानमा आज सम्पन्न तेस्रो क्वार्टर फाइनल खेलबाट कमल गाउँपालिका झापालाई २-१ गोल अन्तरले पराजित गर्दै भद्रपुर सेमिफाइनल प्रवेश गरेको हो। भद्रपुरको जितमा कृतिका राई र नुमा लिम्बुले एकएक गोल गरे। पराजित कमल गाउँपालिकाको तर्फबाट इमा राईले एक गोल फर्काइन्। खेलको दोस्रो हाफमा भद्रपुरमाथि दबाब राखे पनि कमल गाउँपालिकाले थप गोल गर्न नसक्दा हार बेहोर्दै पहिलो खेलबाटै घर फर्किएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी भद्रपुर ब्लेजर्सकी गोलकिपर वर्षा तामाङ वुमन अफ द…