स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन् । यस्ता सर्पको टोकाइबाट बच्न सबैमा आग्रह छ ।” सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्न, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो…
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिई अघि बढिरहेको र व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव नभएको बताए । सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको दाबी गर्दै उनले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्याउने कार्यमा संलग्नहरूमाथि मात्रै कानुनी कारबाही भइरहेको स्पष्ट पारे । 'प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय वा अन्य कुनै निकायबाट कसैलाई समात्ने…
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । बुधबार सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि हावाहुरीको सम्भावना छ । महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा…