साझा अक्षर

Day: २०८३ जेष्ठ १३, बुधबार

ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित नौ सय पाँच महिलाका हवाई उद्धार

ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित नौ सय पाँच महिलाका हवाई उद्धार

राष्ट्रपति महिला उत्थान (राष्ट्रिय महिला समुत्थान परियोजना ) कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित ९०५ महिलाका हवाई उद्धार भएको छ । २०७५/७६ देखि लागु भएको यस परियोजनामा ८ वर्षमा ९ सय ५ महिलाको उद्धार भएको २०८२/८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । उद्धार गरिएकामध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ३०२ जना महिला छन् भने सबैभन्दा कम लुम्बिनी प्रदेशका १९ जना छन् । त्यसैगरि कोशी २ सय ७९, बागमतीमा १२५, गण्डकीमा ४४ सुदूरपश्चिममा १३६ महिलाको उद्धार भएको सर्वेक्षणले देखाएको छ ।
Read More
मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ । आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झन्डै ९ लाख मेट्रिक टन भए पनि सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ । यसपालि भाउ बढेकाले ३ लाख ५९ हजार १०० मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको पाेखरेलले बताउनुभयो । उहाँका…
Read More
शेयर बजार आज सामान्य बढ्यो

शेयर बजार आज सामान्य बढ्यो

शेयर बजार आज सामान्य बढेर परिसूचक नेप्से ४ दशमलव ९९ अङ्कले बढेर २ हजार ७८२ दशमलव १० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढेका छन् । आज १५१ वटा कम्पनीका शेयर बढेकामा १०५ वटाको घटेका छन् । यस्तै १४ वटा कम्पनीका शेयर घटबढ भएका छैनन् । आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशत, बुङ्गल हाइड्रोको शेयर १४ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब…
Read More