साझा अक्षर

Day: २०८३ जेष्ठ १९, मंगलवार

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतको दार्जिलिङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चारआली युथले फाइनलको यात्रा तय गरेको हो। खेलको सुरुवातमै दार्जिलिङ फुटबल क्लबले अग्रता बनाएको थियो। खेलको छैटौँ मिनेटमा पंकज थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। सुरुआती गोलपछि दार्जिलिङले खेलमा दबाब कायम राख्ने प्रयास गरे पनि आयोजक चाराली युथले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको १३औँ मिनेटमा चारआली युथका आशिष चापागाईंले आकर्षक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि थप आक्रामक बनेको आयोजक…
Read More
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बुधबारेको आदर्श युवा क्लबलाई पराजित गर्दै बगान युथ क्लब अन्तिम चारमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो। हिजो सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा बगान युथ क्लबले आदर्श युवा क्लब बुधबारेलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतिस्पर्धात्मक खेलमा बगानका लागि पहिलो हाफको २९औँ मिनेटमा श्याम मुर्मुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि ३६औँ मिनेटमा रोमन भुजेलले अर्को गोल थप्दै बगानलाई २–० को सहज अवस्थामा पुर्‍याए। दोस्रो हाफमा खेलमा फर्किने प्रयास…
Read More