झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश गरेको छ। बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधि दाबेदार मानिएको उर्लाबारी फुटबल क्लब मोरङलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै बगानले फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। खेलको ३५औँ मिनेटमा निरकुमार श्रेष्ठ ले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७०औँ मिनेटमा रोमन तामाङ ले गोल गर्दै बगान युथलाई बराबरीमा फर्काए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा बगान युथका श्याम मुर्मुको प्रहार क्रसबारमा…