बिर्तामोड, झापा । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एफसी, मोरङ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला मा सम्पन्न उद्घाटन खेलमा उर्लाबारी एफसीले न्यु स्टार क्लब झापालाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफमा उर्लाबारीका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलमा दोस्रो हाफमा भने दुवै टोलीले आक्रामक प्रदर्शन गरे। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै न्यु स्टार क्लबका शक्ति राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। तर…