साझा अक्षर

Day: २०८३ जेष्ठ २५, सोमबार

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

  बिर्तामोड झापा जेठ २५ ।। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रतियोगितामा शनिश्चरे एफसी अर्जुनधाराले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय टोलीका खेलाडीहरूले भरिएको कनकाई स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै शनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको हो। निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको ६१औँ मिनेटमा कृष्ण राईको गोलमार्फत कनकाईले अग्रता बनाएको थियो। कनकाई अन्तिम समयमा दबाबमा राख्दै शनिश्चरेले खेलमा पुनरागमन गर्‍यो। खेलको ८०औँ मिनेटमा प्रदीप बुढाथोकीले हेडमार्फत बराबरी गोल गर्दै शनिश्चरेलाई खेलमा फर्काएका थिए। टाइब्रेकरमा भने शनिश्चरेका खेलाडीहरूको सबै…
Read More