Skip to main content

साझा अक्षर

अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ ।

दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा २८, बलिङमा ३ विकेट तथा १ रन आउट गराएका थिए ।

भ्रमणकारी टोलीले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र जोड्न सक्यो । घरेलु टोलीका लागि शायन जाहन्गिरले ३४ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । आन्द्रस गौसले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाउँदै गुलशन झाको बलमा आउट भए ।

मिलान्ड कुमार २६ बलमा २२ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ तथा करण केसी, रिजन ढकाल र गुलशन झाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४९ जोडे । पाँचौ विकेटका लागि कप्तान पौडेलले दीपेन्द्रसिंह ऐरीसँग मिलेर ६६ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । ऐरी सौरभ नेत्राभाल्करको बलमा आरोन जोन्सबाट समातिए । ऐरीले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर अनिलकुमार शाह आउट भएका थिए । ओपनर शाह अमेरिकाका तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ४८ रन जोडेका थिए ।

खानको बलमा शाह एलबिडब्लु आउट भएका थिए । उनले १८ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । एलबीडब्लु निर्णयमा विकेटकिपरले समेत अपिल नगरेको अवस्थामा अम्पायरले आउट दिएका थिए ।

अर्का ओपनर आसिफ बायाँ हाते स्पिनर हर्मित सिंहको बलमा आउट भए । उनी दशौँ ओभरको पहिलो बलमा आउट भएका थिए । आसिफले २७ बलमा २७ रन जोड्ने क्रममा ४ चौका प्रहार गरेका थिए ।

तेस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भएका थिए । कुशललाई अमेरिकाका बाँया हाते स्पिन बलर नोस्तुश केन्जिगेले आउट गराएका थिए । केन्जिगेको बलमा कुशल बोल्ड आउट भएका थिए । कुशल १३ बलमा १० रन बनाउँदै एघारौं ओभरको पहिलो बलमा आउट भएका थिए ।

त्यसपछि गुलशन झा ७ बलमा ११ रन बनाउँदै हर्मित सिंहको बलमा बोल्ड आउट भए । नेपालले पछिल्लो ८ बलमा ५ विकेट गुमाएको थियो । अमेरिकाका लागि जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान २ तथा नोस्तुश केन्जिके र अलि खानले समान १ विकेट लिए । दुई देशबीचको दोस्रो खेल आइतवार बिहान रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...