Skip to main content

साझा अक्षर

साफ महिला च्याम्पियनसिप, समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो

 

 काठमाडौं ।।  साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो भुटानसँग पहिलो बराबरी हो ।

दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न सकेन ।

साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न सकेन । नेपालले साफ च्याम्पियनसिपको समूह चरणको खेलमा गोल नै गर्न नसकेको पनि यो पहिलो अवसर हो । यसअघि साफको ६ संस्करणमा खेलेको समूह चरणको सबै खेलमा नेपालले कम्तिमा १ गोल भने गरेको थियो ।

१३ औं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा भुटानकी गोलरक्षक संगीता मोंगर बाधक बनिन् । रश्मी कुमारी घिसिङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार संगीताले बचाइन् । त्यसको रिबाउन्ड भने भुटानी डिफेन्डरले क्लियर गर्दै खतरा टारे ।

२५ औं मिनेटमा नेपालका लागि सरु लिम्बुले अवसर सदुपयोग गर्न सकिनन् । प्रिती राईले डिफेन्स लाइन बिट हुने गरेर दिएको पासलाई सरुले पेनाल्टी क्षेत्र भित्र लग्दै गरेको प्रहार पोस्टको दिशामा रहेन ।

४० औं मिनेटमा नेपालले भुटानको पेनाल्टी क्षेत्रभित्र लगातार ३ पटक प्रहार गर्ने अवसर पाएपनि सबै प्रयासमा भुटानको डिफेन्स बाधक बन्यो । रश्मीको क्रसमा अमिषा कार्कीको सुरुवाती प्रयास सफल नहुँदा त्यसपछि आएको लगातार प्रयास पनि सदुपयोग हुन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते हुँदा स्ट्रेचरमा बाहिर लगियो । उनको स्थानमा विमला विक मैदान प्रवेश गरिन् ।

दोस्रो हाफमा नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सरु लिम्बू र रेनुका नगरकोटेको स्थानमा दिपा शाही र रेखा पौडेललाई मैदान प्रवेश गराउँदै आक्रामक परिवर्तन गरे । फलस्वरूप नेपालले सुरुवाती समय लगातार आक्रमण बुन्दै विपक्षी पोस्ट दबाब कायम गर्यो ।

५२ औं मिनेटमा नेपालको अग्रतामा भुटानी डिफेन्डर जाम्याङ छोदेन बाधक बनिन् । कर्नरमा आएको बललाई रेखाले पहिलो टचमै पोस्टको दिशा दिएपनि जाम्याङले गोललाइनबाट बल क्लियर गर्दै नेपाललाई अघि बढ्न दिइनन् ।

५८ औं मिनेटमा सविता राना मगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई संगीताले नियन्त्रणमा लिइन् । लगत्तै दिपा शाहीको पासमा रेखाले पेनाल्टी क्षेत्रभित्र पर्याप्त समय पाएपनि उनको प्रहार सिधै गोलरक्षकको हातमा गयो ।

७२ औं मिनेटमा दिपा शाही घाइते हुँदा पुन: स्ट्रेचरमा बाहिर लग्नुपरेको थियो । उनको स्थान अनिता केसीले लिइन् ।

८४ औं मिनेटमा नेपालको अवसरमा पुन: एकपटक गोलरक्षक संगीता नै बाधक बनिन् । पेनाल्टी क्षेत्र भित्रबाट सविताको प्रहारलाई संगीताले दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै बचाउ गरिन् ।

इन्ज्युरी समयमा सविता राना मगरको प्रहार पोस्टमा लागेर फर्कंदा भुटानले पहिलो पटक नेपालबाट अंक खोस्न सफल रह्यो

प्रतियोगिता अन्तर्गत शनिबार कुनै खेल हुने छैन भने आइतबार साँझ ५:३० बजे बंगलादेश र पाकिस्तान खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...