Skip to main content

साझा अक्षर

रास्वपा सभापति रवि लामिछाने पक्राउ, आजै पोखरा लगिने

 

काठमाडौं ।।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सीआईबीको प्रहरी टोलीले शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

रविलाई पक्राउ गर्न सीआईबीका एसपी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएका थिए ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताए। उनले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...