साझा अक्षर

रोलिङ च्यालेन्ज कप : राष्ट्रियजागृति क्लब इटहरीलाई हराउँदै मानेभञ्ज्याङ अन्तिम चारमा

 

मेचीनगर, कात्तिक ४ । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित निकाल्दै दार्जिलिङको मानेभञ्ज्याङ अन्तिम चारमा प्रवेश गरेको हो ।

भारतीय टोली मानेभञ्ज्याङले राष्ट्रिय जागृतिलाई १–० गोल अन्तरले हराएको हो । खेलको २१ औँ मिनेटमा राष्ट्रिय जागृतिका कप्तान मनिन्द्र याख्खाले मानेभञ्ज्याङका खेलाडीलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा २२ औँ मिनेटमा मानेभञ्ज्याङका कप्तान सोनाम जाङपो भुटियाले गोल गरे ।
अत्यन्त प्रतिस्पर्धात्मक तथा आक्रमक खेलमा मानेभञ्ज्याङले जित निकाल्न सफल भयो । उसका वीरेन प्रधानलाई दोहोरो पहेँलो कार्ड दिँदै राष्ट्रिय रेफ्री लक्ष्मण जैसवालले ४२ औँ मिनेटमा मैदान बाहिर पठाए ।
त्यस्तै, खेलको ६१ औँ मिनेटमा मानेभञ्ज्याङका गोल किप्पर सचिन सुब्बामाथि फाउल गरेपछि राष्ट्रिय जागृतिका मिलन राईले रेड कार्ड बोक्दै मैदान बाहिरिए ।
अनुहारमा चोट लागेका सुब्बालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । खेलमा सातवटा पहेँलो कार्ड देखाइएको थियो ।

खेलको प्लेयर अफ द म्याच मानेभञ्ज्याङका गोलकर्ता भुटिया भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई खेलप्रेमी प्रविन सापकोटा, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, रोलिङ क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङले नगद तथा ट्रफी प्रदान गरे ।

भोलि हुने तेस्रो क्वार्टर फाइनल खेल सुकुना युनाइटेड एफसी पश्चिम बंगाल भारत र मोरङको सम्राट स्पोर्टिङ क्लबबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...