Skip to main content

साझा अक्षर

चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

 

एकराज प्रधान

बिर्तामोड । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार चलचित्र ‘१२ गाउँ’ हेरिरहेका दर्शकहरु सरप्राइज भएका छन् । फिल्म हेरिरहेका दर्शक अचानक पर्दाका कलाकारहरुको रियल इन्ट्री भएपछि सरप्राइज भएका हुन् ।

‘१२ गाउँ’का अभिनेता विराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतको निर्माण टिम दर्शकहरुमाझ पुगेका थिए । दर्शकहरुमाझ नजिकिँदै गरेको तिहारको शुभकामना दिँदै चलचित्रका निर्देशक समेत रहेका विराजले चलचित्र सफल बनाइदिनु हुने सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले दर्शकहरुमाझ फिल्मको लोकप्रिय डायलग ‘चट्टै होइन, चैट चैट चैट’ लाइभ प्रस्तुत गर्दा दर्शक उत्साहित भएका थिए । दर्शकले भने ‘समीर भट्ट खोइ, छोरा चाहियो छोरा’ भन्दै हुटिङ लगाएका थिए ।

फूलपातिको दिन रिलिज भएको फिल्म १२ गाउँले १९ दिन बितिसक्दा पनि दर्शकको उस्तै माया पाइरहेको छ । सोमबार १ बजेको दुई शोमा क्युएफएक्सका एउटा शो हाउसफुल थियो भने, अर्को शोमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

पत्रकारहरुसँगको छोटो भेटमा उनले १२ गाउँको दोस्रो भाग चाँडै आउने बताएका छन् । सुरुमा हलहरुले कम शो दिए पनि दर्शकले त्यो परिस्थिति उल्टाइदिएकोमा त्यो मायाको सम्मान गर्दै उनले भने, ‘दर्शकको यो मायाले हामीलाई अझै उर्जा दिएको छ, थप जिम्मेवार बनाएको छ ।’ १२ गाउँमा आबद्ध भएर काम गर्ने सम्पूर्ण टिमलाई सम्झिँदै उनले सफलताको खुशी बाँडेका छन् ।

आफूलाई विराटनगरबासी बताउँदै अभिनेत्री न्यान्सी खड्काले पूर्व आउँदा र दर्शकहरुको माया पाउँदा उत्साहित भएको बताएकी छन् । उनले भनिन् ‘मेरो छोटो क्यारेक्टरलाई दर्शकले यति धेरै मनपराउनु हुन्छ, नोटिस गर्नु हुन्छ भन्ने सोचेकै थिइनँ ।’

कलाकार तथा निर्माण टिमलाई नेपाल चलचित्र संघका केन्द्रीय सदस्य तथा वान स्टप मलका सञ्चालक मिजास पोखरेल, क्युएफएक्स सिनेमा हलका म्यानेजर केदार बस्नेत लगायतले स्वागत गरेका थिए । १२ गाउँ निर्माण टिममा चलचित्रका लेखक तथा कलाकार सन्तोष सरकार, कलाकार रोहन सिंह, उपत्यका बाहिरका डिस्टिब्युटर कुवेर सिने डिस्ट्रीब्युसनका पुष्कर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सरस्वती भट्ट निर्माता रहेको चलचित्रमा सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खडका, स्टन्ट सिल्भा, कान्जी कोइराला, सुलेमान शंकर इकु, कालु राना लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładami

Essential gaming tips and Lucky Hills casino experiences for seasoned players

Eenvoudige strategieën rondom IceFishingSlotgame voor maximale winstkansen

Strategic gameplay and thrilling rewards await at winbeatz casino for discerning players

छुटाउनुभयो कि ?

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładami

Praktyczne wskazówki dotyczące wyboru i korzystania z BassBet zapewniają lepszą kontrolę nad Twoimi zakładamiWybór odpowiedniej pl...

Essential gaming tips and Lucky Hills casino experiences for seasoned players

Essential gaming tips and Lucky Hills casino experiences for seasoned playersUnderstanding Game Selection and VarianceUtilizing Bo...

Eenvoudige strategieën rondom IceFishingSlotgame voor maximale winstkansen

Eenvoudige strategieën rondom IceFishingSlotgame voor maximale winstkansenInzetstrategieën voor Optimale ResultatenHet Belang van ...

Fondamentali_vantaggi_e_svantaggi_di_magius-review_it_per_unanalisi_completa_del

Fondamentali vantaggi e svantaggi di magius-review.it per unanalisi completa del servizioAffidabilità e Trasparenza delle Recensio...