Skip to main content

साझा अक्षर

सडनडेथमा जीत निकाल्दै शिवशताक्षी सेमीफाइनलमा प्रवेश

 

अर्जुनधारा ।। शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो ।

टाईब्रेकरमा शिवसताक्षीका बिशाल थिङ, मिराक लिङदेन, संजोक मगर र प्रलाद चापागाईले गोल गरे । टेकेन राना मगरको प्रहार कनकाईका गोलरक्षक विवेक वाग्लेले बचाउ गरे । सडनडेथमा शिवसताक्षीका रुद्ध क्षेत्री, निकेश श्रेष्ठ, अनिश थापा, सन्दिप लिम्बू र अविशेक गुरुङले गोल गरे ।

कनकाईको तर्फबाट टाईब्रेकरमा उमेश मुर्मु, रुचन लिम्बू, गोपाल दाहाल र शाहिल बस्नेतले गोल गरे । मिक्सन दर्जीको प्रहार शिवसताक्षीका गोलरक्षक सदिप लिम्बूले बचाउ गरे । सडनडेथमा कनकाईका निमेश गुरुङ, जेम्सहाङ लिम्बू, भिम मगर र मनिस लिम्बूले गोल गरे । राजु मगरको प्रहार गोल पोष्टभन्दा बाहिर गएपछि कनकाईले सडनडेथमा हार बेर्होन पुग्यो ।


आजको खेलमा शिवसताक्षीका गोलरक्षक सदिप लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । मंसिर ५ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

गोल्डकपको भोली हुने दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिका र झापाको मेचीनगरपालिकाबिच खेल हुने आयोजकले बताएको छ ।

गोल्डकपमा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, इलामको माई नगरपालिका र आयोजक टिमसहित १० टोलीको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...