Skip to main content

साझा अक्षर

बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

 

बिर्तामोड मंसिर १ ।।   बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१आजबाट झापाको बिर्तामोडमा सुरु हुँदैछ ।महोत्सव बिर्तामोड ५ स्थित सिटी सेन्टर उत्तर धर्म काटा रोडमा रहेको खाली मैदानमा  आयोजना हुँदै छ।

मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सवस्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजावट गरिने बताइएको छ

विभिन्न मनोरञ्जनका कार्यक्रमसँगै दैनिक कला संस्कृति झल्किने चलचित्रसमेत देखाइने तयारी गरिएको नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटनसम्बन्धी अन्तरक्रिया साथै विभिन्न व्यावसायिक स्थलहरु रहने छन् ।

महोत्सवमा सातवटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिनेछ । तामाङले बानरसेना, नालापानी, माङ्गेना, लीलामे माइला, बिहे पास, चारधाम र कृष्णलीला चलचित्र प्रदर्शनी गरिने जानकारी दिए ।

महोत्सवमा विभिन्न २२ वटा व्यावसायिक स्टलहरु रहने बताइएको छ । जुवारहित महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने र ५ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...