Skip to main content

साझा अक्षर

भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश

 

अर्जुनधारा । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारीत समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालीएको हो । बराबरी भएको खेलमा भद्रपुरकालागि ७ औं मिनेटमा बिकास राईले पहिलो र ४४ औं मिनेटमा प्रदीप बुढाथोकीले दोस्रो गोल गरे । दमककालागि संजय धिमालले २० औं मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

टाईब्रेकरमा भद्रपुरका संजय लिम्बू, उदेश कामती, प्रदिप बुढाथोकी, बिकास राई र रजिन सुब्बाले गोल गरे ।

दमककालागि गौरब धिमाल, रोशन धिमाल र रोशन तामाङले गोल गरे । आषिश लावतीले गरेको प्रहार गोलपोष्टमा ठोकिएर फर्कदा दमकले पराजय भोग्यो ।

आजको खेलमा भद्रपुरका प्रदेश टुडुु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, प्रतियोगिताका संयोजक सिताराम भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।

गोलडकपमा भोलीबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । भोली हुने पहिलो सेमिफाइनलमा बिर्तामोड र शिवसताक्षी नगरपालिकाले फाइनल प्रवेशकालागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Fabulous fortunes await with the dragon link slot experience for players

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Inusual atractivo Mystake casino para jugadores exigentes y apuestas emocionantes

Notable advantages surrounding mystake enhance your online gaming experience

छुटाउनुभयो कि ?

Glücksmomente_entstehen_mit_88-fortunes-slot_de_in_spannender_Unterhaltung_und

Glücksmomente entstehen mit 88-fortunes-slot.de in spannender Unterhaltung und hoher QualitätDie Vielfalt des Angebots bei 88-fort...

Fabulous fortunes await with the dragon link slot experience for players

Fabulous fortunes await with the dragon link slot experience for playersUnderstanding the Mechanics of Dragon Link SlotsThe Hold a...

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantly

Arsons evolution from despair to defiance within joker fire force unfolds brilliantlyThe Enigmatic Past and Initial Role of JokerT...

Emocjonująca_przygoda_z_vulkan_vegas_w_świecie_wirtualnych_niespodzianek_i_nie

Emocjonująca przygoda z vulkan vegas w świecie wirtualnych niespodzianek i niezwykłych wygranychSzeroki Wybór Gier w Vulkan VegasR...