Skip to main content

साझा अक्षर

मेचीनगर नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनलमा

 

अर्जुनधारा ।। मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो ।

मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रीक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा तेस्रो गोल गरे ।

खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै मेचीनगरकालागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका गोल रक्षक देव लिम्बूले फल्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान खमिर गिल्सन कन्दङवाले थप एक गोल गर्दा मेचीनगर ६–१को फराकीलो अन्तरले विजयी बनेको हो ।

भद्रपुरका लागि कर्ण लिम्बूले दोस्रो हाफको अतिरिक्त समयमा एक गोल फर्काएका थिए । पहिलो हाफको ३० मिनेटपछि दवावमा परेको भद्रपुरका खेलाडीले अन्य स्कोर गर्न नसक्दा प्रतियोगितामा नमिठो पराजय भोग्यो ।

आजको खेलमा मेचीनगरका सनम भुजेल म्यान अफ दि म्याच चुनीए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाँए । उनलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उदव थापा, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले प्रदान गरे ।

आजको खेलको विजेताले चौंथो खुदुनाबारी गोल्डकपको उपाधिका लागि मंसीर ५ गते शिवसताक्षी नगरपालिकासंग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । आईतबार भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले फाइनलमा स्थान सुरक्षीत गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो ।

फाइनल खेल दिउँसो २ बजे सुरु हुने गोल्डकपको समापन समारोह भने मध्यन्ह १२ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...