साझा अक्षर

बुद्धशान्ति १ उपाधी नजिक

भोटेटार , पौष १७ । पहिलो संस्करणको उपाधी बिजेता बुद्धशान्ति वडा नम्बर १ झापाको बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको फेरि उपाधी नजिक पुगेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति वडा नम्बर ६ लाई शुन्यका बिरुद्ध ५ गोल गर्दै वडा नम्बर १ उपाधी नजिक पुगेको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो ।
बुद्धशान्ति १ का लागि जेनित बरालले २, कप्तान पुजन थापा, सागर रसाईलि र भुपाल मगरले एक एक गोल गरेका थिए । दुई गोलकर्ता जेनित बराल म्यान अफ द म्याच घोषित भए । उनलाई बुद्धशान्ति खेलकुद समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, ६ का वडाध्यक्ष शिवराज पौडेल र १ का वडाध्यक्ष अनिल वाग्ले लगायतले पुरष्कृत गरे । निकैनी दबाबमा राखेको बुद्धशान्ति १ ले बिपक्षी वडा नम्बर ६ लाई गोल गर्ने कुनै अवसर दिएन । दोस्रो हाफमा केही लय सुधारेको ६ लाई भरपर्दा डिफेन्स पवन दर्जिले कुनै बललाई पेनाल्टी एरिया सम्म पनि आउन दिएनन् ।
यसअघि बुद्धशान्ति ७ लाई टाईबेकरमा पराजित गर्दै वडा नम्बर ६ ले सेमिफाइनलको यात्रा तय गरेको थियो भने वडा नम्बर १ बाई पाएर सिधै सेमिफाइनल आउने अवसर पाएको थियो ।
यसैगरी भोलि हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा बुद्धशान्ति वडा नम्बर २ र ३ भिडनेछन । वडा नम्बर २ ले ४ लाई १ बिरुद्ध ३ गोल र वडा नम्बर २ ले भने ५ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन ।
बुद्धशान्ति १ भोटेटार खेल मैदानमा भैरहेको प्रतियोगिताको उपाधी भिडन्त पौष २० गते हुने छ । बिजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपबिजेताले २० हजार रुपैयाँ पाउने आयोजक समितिका सचिव गजुहाङ योङ्हाङ्ले जानकारी दिनुभयो ।
खेलकुद समिती बुद्धशान्ति १ को आयोजना , बुद्धशान्ति खेलकुद समितीको संयोजनमा भैरहेको खेलको बुद्धशान्ति गाउँपालिकाको मुख्य प्रायोजकको भुमिकामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

छुटाउनुभयो कि ?

Nejlepší zahraniční online casino – aktualizovaný žebříček pro rok 2026

Nejlepší zahraniční online casino - aktualizovaný žebříček pro rok 2026 ▶️ HRÁT ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123