Skip to main content

साझा अक्षर

चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका नागरिक बढी प्रभावित

 

एजेन्सी ।।  चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् ।

अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।

चीन सरकारले अहिले देखा परेको भाइरसलाई नियन्त्रण गर्न नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको जनाएको छ ।

सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरको भनाइ छ ।

डाक्टरले कोरोना महामारी जस्तै यो भाइरसले पनि अर्को स्वास्थ्य  सङ्कट निम्त्याउन सक्ने हो की भन्ने चिन्ता व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टाइब्रेकरमा झिलझिलेलाई रोक्दै चारपाने फाइनलमा,

झापा असोज २२।। चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर...

भुपेनको ह्याट्रिकमा बिर्तामोड भेट्रान्स सेमीफाइनल प्रवेश

झापा । कप्तान भुपेन लिम्बुको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोड भेट्रान्स सालबारी मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलम...

दोस्रो कन्काई मिनी गोल्डकप असोज २३देखि खेल तालिका सार्वजनिक

सुरुङ्गा, झापा । झापाको कन्काई नगरपालिका–सुरुङ्गामा दोस्रो कन्काई मिनी गोल्डकप २०८३ आयोजना हुने भएको छ। कन्काई स्पोर्टिङ क्लबको ...

बिर्तामोड युनाइटेडद्वारा खेलाडीलाई ट्र्याकसुट वितरण

बिर्तामोड ।। झापाको बिर्तामोडमा रहेको प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड क्लबले आफ्ना खेलाडीलाई ट्र्याकसुट वितरण गरेको छ। ख...