Skip to main content

साझा अक्षर

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : बिर्तामोड र भद्रपुर सेमिफाइनलमा

 

बुद्धशान्ति , माघ १५।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमी फाइनलमा प्रबेश गरेका छन् ।

आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले झापा गाउँ गाउँपालिकालाई विशाल २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बिर्तामोडका लागी कप्तान समीर कार्कीले ७६ र सुवान्स बजगाईले ६७ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो।
बिर्तामोड लाई बिजय दिलाउन महत्त्वपूर्ण ६ विकेट लिएका बिर्तामोडका बिजय कार्की खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरे ।

त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिका लाई ५२ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।पहिले ब्याटिङ गरेको भद्रपुरले कनकाई नगरपालिका सामु २३४ रनको ठूलो योगफल प्रस्तुत गरेको थियो।भद्रपुरले १९ ओभरमा सबै विकेट गुमाए तापनि २३३ रनको विशाल रन बनाउन अङ्कित सुवेदीले आफ्नो सतक बनाउन एक रनले चुके पनि ९९ रनको पारी खेलेका थिए । २३४ रनको लक्ष्य पछ्याएको कनकाई नगरपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सफल भयो। भद्रपुरलाई जित दिलाउन सानदार ९९ रन बनाउनुका साथै ३ विकेट समेत लिएका अङ्कित सुवेदी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।

त्यसैगरी भोलिको पहिलो खेल अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिडने छन् भने दिनको दोश्रो खेल चौथो क्वाटरफाइनलमा कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिका बिच रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...